Sunday, September 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home निर्वाचन

‘उर्जाशील समय राजनीतिमा समर्पण गरेको छु’ : नगेशचन्द्र राई

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०७९
in निर्वाचन, समाचार
0
‘उर्जाशील समय राजनीतिमा समर्पण गरेको छु’ : नगेशचन्द्र राई
167
SHARES
Share on FacebookShare on Twitter

इटहरी : ०४६ सालदेखि राजनीतिमा सक्रिय रहेका इटहरी २० निवासी नगेशचन्द्र राई आफूले उर्जाशील समय राजनीतिमा समर्पण गरेको बताउँछन् ।

इटहरी आउनुअघि भोजपुरमै हुँदादेखि नै राजनीतिमा सक्रिय रहेका उनी अहिले नेपाली कांग्रेस सुनसरीका उपसभापति हुन् ।

यसअघि कांग्रेस जिल्ला सदस्य, सहसचिव हुँदै अहिले उपसभापति रहेका राई भन्छन्, ‘जीवनको उर्जाशील समय राजनीतिमै समर्पण गरेको छु, किशोर अवस्थादेखि नै यो अवस्थासम्म राजनीतिमै समय व्यतित गरेको छु ।’

सरकारले मंसिर ४ गतेलाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गरेसँगै उनले थप सक्रियता देखाएका छन् ।

जिल्लास्तरमा हरेकजसो कार्यक्रममा सहभागी हुँदै आएका उनले विभिन्न संघसंस्थामा नेतृत्व गरिसकेका छन् । पार्टीको १४ औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका राईको लगाव र सक्रियता अहिले पनि लोभलाग्दो छ ।

उनले भने, ‘पार्टीको उर्जाशील समय राजनीतिमै खर्चिएकाले अहिले त बानी भइसक्यो, हरेक ठाउँमा पुग्नैपर्छ भन्ने लाग्छ ।’

२० वर्षकै कलिलो उमेरमै भोजपुर जिल्लाको तत्कालीन दोभाने गाउँ पञ्चायतको उपप्रधानपञ्च भई काम गरेका उनलाई अहिले नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) ले प्रदेशसभा सदस्यका लागि समानुपातिकमा नाम अघि सारेसँगै उत्साहित छन् ।

उनीसहित १० जनाको नाम समानुपातिकमा पठाइएको छ । आफूले निरन्तर राजनीतिमै समय खर्चिएका कारण आज पार्टीले समानुपातिकमा नाम पठाएको उनको बुझाई छ ।

‘किशोर अवस्थादेखि नै निरन्तर कांग्रेसमै रहेर विभिन्न योगदान गर्दै आएको छु,’ उनी भन्छन्, ‘शिक्षासँगै सामाजिक क्षेत्रमा पनि योगदान गर्दै आएको छु, सोही कारण आज पार्टीले समानुपातिकमा नाम पठाएको छ ।’

२०४५ सालको विनाशकारी भुकल्पले क्षतविक्षत मुलुकको पुःननिर्माणका लागि तत्कालीन सरकारले भूकम्प आयोजना निर्माण गरेको थियो । राई २०५१ सालमा त्यही भूकम्प आयोजनाको पूर्वाञ्चल क्षेत्रीय प्रमुख भई आफ्नै नेतृत्वमा पूर्वाञ्चलभरीका सबै सरकारी विद्यालयहरूको भवन निर्माण सम्पन्न गरेको स्मरण गर्छन् ।

‘त्यसबेला शिक्षा क्षेत्रमा काम गर्नका लागि राम्रो अनुभव भयो,’ उनले भने, ‘शिक्षा क्षेत्रमै काम गरिरहेको मलाई भूकम्प आयोजनाको पूर्वाञ्चल क्षेत्रको प्रमुख भएर काम गर्दा नयाँ अनुभव भयो ।’

आफ्नो उर्जाशील युवावस्था पार्टी र समाजका लागि सर्मपित गरेका राईको सामाजिक संलग्नता स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म लोभलाग्दो छ ।

किराँत राई यायोख्खाको केन्द्रीय सदस्य समेत रहेका राईले सुनसरीमा मात्र नभएर आफ्नो जन्मस्थान भोजपुरमा समेत भोजपुर–सुनसरी सेवा समाजमा आवद्ध भएर निरन्तर सामाजिक गतिविधि गर्दै आएका छन् ।

उनी भन्छन्, ‘राजनीतिसँगै सामाजिक काम गर्न पाउँदा आनन्दित हुन्छु ।’

यो पनि – कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) बाट प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि यी नाम सिफारिस

 

Tags: #कांग्रेस#नेपाली कांग्रेसनगेशचन्द्र राईराजनीति
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन
कला साहित्य

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

विराटनगर । अग्रज कवि तथा रङ्गकर्मी प्रयाग न्यौपानेको नयाँ कविता संग्रह ‘अन्पी मुसहरको माटो’ सार्वजनिक भएको छ। विराट साहित्य संगमले...

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम
FEATURE BREAKING

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

विराटनगर । विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयमा संविधान दिवसको अवसरमा आयोजित वादविवाद प्रतियोगितामा कक्षा १२ की छात्रा समीक्षा पौडेल प्रथम...

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

अशोज ३, २०८३
पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित परिवारलाई राहत

पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित परिवारलाई राहत

अशोज ३, २०८३
प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

देवानगञ्जमा फेरि गोली चल्यो, युवक घाइते

अशोज ३, २०८३
सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

अशोज ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मनिष गाैतमका दुई गजल

मनिष गाैतमका दुई गजल

अशोज ३, २०८३
कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

अशोज ३, २०८३
अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अशोज ३, २०८३
संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

अशोज ३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    959 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    516 shares
    Share 206 Tweet 129
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    294 shares
    Share 118 Tweet 74

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.