इटहरी : नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले प्रतिनिधिसभा तथा प्रदेशसाका लागि नाम सिफारिस गरेको छ ।
सरकारले मंसिर ४ लाई निर्वाचनको मिति तोकेसँगै सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले शुक्रबार नाम सिफारिस गरर जिल्लामा पठाएको हो ।
तामाङका अुनसार प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सचेतक समेत रहेका मीनबहादुर विश्वकर्मा, लक्ष्मी खतिवडा, मीना सुब्बा, उमेश थापा र चन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
यस्तै, प्रतिनिधिसभा सदस्यको समानुपातिकका लागि प्रा.डा. गोविन्द बहादुर तुम्वाहाम्फे, विनोदकुमार राई, भीष्म काफ्ले, डा.आनन्द प्रसाद आचार्य, मीना पुलामी, गणेश परियार, गोविन्द दर्नाल, गणेश सुब्बा, चित्रकुमारी राई, महेन्द्र प्रधान, भोजकुमार न्यौपाने, पूर्ण सुवेदी, प्रेम पौडेल, पूर्णबहादुर राई, निर्मला गुरुङ, मनिता घिमिरे र कोपिला भट्टराईको नाम सिफारिस गरिएको छ ।
महाधिवेशन प्रतिनिधिसहित बसेको बैठकले प्रदेशसभातर्फ भने सुनसरी १ (क) मा प्रत्यक्षका लागिसुजेन्द्र तामाङ र अनिल श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
यस्तै, प्रदेशसभा सदस्यको समानुपातिकका लागि चन्द्रशेखर लामा, अनिल श्रेष्ठ, सन्दीप श्रेष्ठ, रवि राई, किशोर राई, पदमसुन्दर लिम्बू, अशोक अविरल राई, कृष्णकला मादेन, झुमादेवी राई, कुसुम लता ओली, शिला बज्राचार्य, निर्मला शर्मा (नेपाल), श्यामा रेग्मी, विश्वराज शर्मा, मदन ढकाल, विनोद घिमिरे, युवराज शङ्कर, राजेन्द्र साह, जयप्रकाश शर्मा र सचित शर्मा (झा) को नाम सिफारिस गरिएको क्षेत्रीय सचिव केशव पुरीले जानकारी दिए ।
उनका अुनसार प्रदेशसभा सुनसरी १(ख) मा प्रत्यक्षका लागि माधव घिसिङ, तिलक राई, जगत बहादुर कार्की, रोहित सुब्बा, अजय राई, रमेश काफ्ले, सुरेन राई, काशीराम चौधरी, नारद राई, केशव पुरी र हिमाल राईको नाम सिफारिस गरिएको छ ।
यस्तै, प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवारका लागि सन्तोष बिक, मञ्जु राई, बुद्धि कटुवाल, ममता तामाङ, गोविन्दबहादुर बस्नेत, पूजा धामी, विजया कटुवाल, रोजन रनपहेली, उर्मिला प्रधान र सुमित राईको नाम सिफारिस गरिएको पुरीले बताए ।
यो पनि – कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) बाट प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि यी नाम सिफारिस
Discussion about this post