इटहरी : नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ ले प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।
कांग्रेस सुनसरीका सचिव वीरेन्द्र साहका अनुसार क्षेत्र नं. २ ले उम्मेदवारको सिफारिस गरेको हो ।
प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ राजीव कोइराला, राजीव ढुंगाना र सीताराम मेहताको नाम सिफारिस भएको साहले जानकारी दिए ।
यस्तै, समानुपातिकतर्फ भने दिलकुमारी राई र वीरेन्द्र कार्कीको नाम सिफारिस भएको छ ।
कोइराला केन्द्रीय सदस्य तथा प्रदेश १ का संसदीय दलका नेता छन् । यस्तै, ढुंगाना नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान सभापति हुन् । मेहता प्रतिनिधिसभाका वर्तमान सांसद तथा पूर्व राज्यमन्त्री हुन् ।
यस्तै, क्षेत्र नं. १ (क) मा प्रदेशसभाको प्रत्यक्षमा भीम पौडेल, विकास केसी र बद्रीनारायण चौधरीको नाम सिफारिस गरिएको छ । पौडेल उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि समेत हुन् । उनी यसअघि इटहरी उपमहानगरपालिकामा मेयरको ‘रेस’ मा थिए ।
यस्तै, केसी महाधिवेशन प्रतिनिधि तथा नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । उनी कांग्रेसको १४ औँ महाधिवेशनमा इटहरी उपमहानगरपालिकाको सभापतिमा पराजित बनेका थिए ।
चौधरी ०७० को संविधानसभा सदस्यमा सुनसरी क्षेत्र नं. २ बाट निर्वाचनमा सहभागी भएपनि पराजित बनेका थिए ।
समानुपातिकमा गीता श्रेष्ठ, सुबेक्छु देवान राई, नगेशचन्द्र राई, सूर्य राई, दामोदर दाहाल, केशवप्रसाद भट्टराई, विमला शिवाकोटी ढकाल, बबिता चौधरी, रामप्रसाद विक र रमेश पोखरेलको नाम सिफारिस भएको छ ।
यस्तै, सुनसरी क्षेत्र नं. २ (ख) को प्रदेशसभा प्रत्यक्षमा प्रकाश मेहता, वीरेन्द्रकुमार मेहता, चिरञ्जीवी बस्नेत, मोहन मेहता, महिचन्द्र साहु, रामदास कोइरी, लिलामणि सुवेदी, सुरेन्द्रप्रसाद यादव, रफुल मियाँ, ज्योति शुब्बा, मुकुन्द खतिवडा, सरला बस्नेत, लाली मेहता, हेमनारायण मेहता र कुन्दन यादवको नाम सिफारिस भएको छ ।
त्यसैगरी समानुपातिकतर्फ सञ्जयप्रसाद श्रेष्ठ, सहदेव मेहता, प्रकाश नेपाली लगायतको नाम सिफारिस भएको सचिव साहले बताए ।
Discussion about this post