Sunday, September 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home निर्वाचन

विजय गच्छदारको निर्वाचन क्षेत्रमा ओलीको निर्देशन – ‘गँड्यौला जस्तो होइन सर्पजस्तो डस्ने खालको हुनुहोस्’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०७९
in निर्वाचन, समाचार
0
विजय गच्छदारको निर्वाचन क्षेत्रमा ओलीको निर्देशन – ‘गँड्यौला जस्तो होइन सर्पजस्तो डस्ने खालको हुनुहोस्’
192
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई सर्प जस्तो डस्ने खालको हुन निर्देशन दिएका छन् ।

शनिबार सुनसरी क्षेत्र नं. ३ मा पर्ने दुहबीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘तपाईँहरू छुने बित्तिकै गँड्यौला जस्तो लल्याकलुलुक होइन, सर्पजस्तो डस्ने खालको हुनुहोस् ।’

कांग्रेस नेता तथा पूर्व उपप्रधानमन्त्री समेत रहेका विजय गच्छदारको निर्वाचन क्षेत्र पर्ने यहाँ ओलीले धाँधली गरेर चुनाव हुनसक्ने भएकाले सर्पजस्तो डस्ने खालको हुन कार्यकर्तालाई निर्देशन दिए ।

अघिल्लो निर्वाचनमा एमालेकी भगवती चौधरीलाई राज्य नै लागिपरेर, प्रहरी प्रशासनसहित बाक्सा साटेर निर्वाचन हराएको उनको टिप्पणी छ ।

‘आगामी चुनावमा फेरि त्यो किसिमका घटना दोहोरिन सक्छन्, त्यसैकारण तपाईँहरू चनाखो हुनुहोस्,’ उनले यसअघि भने, ‘अहिलेको गठबन्धन सरकार आउनासाथ देश आर्थिक संकटग्रस्त अवस्थामा पुगेको छ ।’

उनले आगामी चुनावमा सङ्घ तथा प्रदेशका नेकपा एमालेको बहुमत आउने समेत दाबी गरे ।

अहिलको गठबन्धन सरकारले देशलाई कङ्गाल बनाएको आरोप लगाउँदै ओलीले आर्थिक अवस्था पुरानै लयमा फर्काउन तथा देशलाई समृद्विको यात्रामा अगाडि बढाउन एमाले सरकारको आवश्यक रहेको बताए ।

आफ्नो सरकार रहँदा देशमा विकासका लहरहरू भइरहेपनि वर्तमान सरकारले विकास विरोधी गतिविधि गरेको उनको भनाई छ ।

कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज भगवती चौधरीले सुनसरी क्षेत्र नम्बर ३ अत्यन्त संवेदनशील र महँगो क्षेत्र भएको बताइन् ।

उनले राज्य संयन्त्र लागेकै कारण आफूले दुई पटकसम्म हार्नुपरेको दाबी गरिन् ।

‘यो निर्वाचन क्षेत्र देशकै उच्च संवेदनशील, खर्चालु र महँगो क्षेत्र बनेको छ,’ उनले कांग्रेस नेता गच्छदारप्रति इङ्गित गर्दै भनिन्, ‘यो क्षेत्रमा चुनाव जित्दाजित्दै पनि हारिन्छ, अदालसम्म गएको मुद्वा फैसला हुँदैन ।’

Tags: #केपी ओलीकेपी शर्मा ओलीनेकपा एमालेराजनीति
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन
कला साहित्य

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

विराटनगर । अग्रज कवि तथा रङ्गकर्मी प्रयाग न्यौपानेको नयाँ कविता संग्रह ‘अन्पी मुसहरको माटो’ सार्वजनिक भएको छ। विराट साहित्य संगमले...

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम
FEATURE BREAKING

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

विराटनगर । विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयमा संविधान दिवसको अवसरमा आयोजित वादविवाद प्रतियोगितामा कक्षा १२ की छात्रा समीक्षा पौडेल प्रथम...

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

अशोज ३, २०८३
पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित परिवारलाई राहत

पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित परिवारलाई राहत

अशोज ३, २०८३
प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

देवानगञ्जमा फेरि गोली चल्यो, युवक घाइते

अशोज ३, २०८३
सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

अशोज ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मनिष गाैतमका दुई गजल

मनिष गाैतमका दुई गजल

अशोज ३, २०८३
कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

अशोज ३, २०८३
अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अशोज ३, २०८३
संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

अशोज ३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    959 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    516 shares
    Share 206 Tweet 129
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    294 shares
    Share 118 Tweet 74

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.