इटहरी : नेकपा एमाले सुनसरी क्षेत्र नं. ३ (क) ले प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
आगामी मंसिर ४ लाई सरकारले निर्वाचनको मिति तोकेसँगै एमाले सुनसरी क्षेत्र नं. ३ (क) ले प्रदेशसभाको सदस्यका लागि प्रत्यक्षतर्फ विद्यार्थी नेता एकराज दाहालसहित १३ जनालाई सिफारिस गरेको हो ।
अनेरास्ववियूका केन्द्रीय सदस्य समेत भइसकेका दाहालसहितका नेतालाई शनिबार सिफारिस गरिएको हो ।
सिफारिसमा पर्ने अन्य उम्मेदवारहरूमा तैयव हुसैन, सागर सुवेदी, रेवती घिमिरे, ढण्डमाया भण्डारी, रुपेश बस्नेत, रोहित कार्की, समीर कार्की, सत्यनारायण चौधरी, लिलम बस्नेत, हरि राई, मुस्ताक आलम र साविर हुसैन रहेका छन् ।
Discussion about this post