Wednesday, September 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home निर्वाचन

म्यादी प्रहरीमा भर्ना खुल्यो, भदौ ३० देखि दरखास्त दिन पाइने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २६, २०७९
in निर्वाचन, समाचार
0
स्थानीय तह निर्वाचन : प्रदेश १ मा २८ हजार सुरक्षाकर्मी परिचालन

सांकेतिक तस्वीर : गुगल ।

91
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल प्रहरीले आगामी मङ्सिरमा हुने सङ्घ र प्रदेश निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

नेपाल प्रहरीले आज एक सूचना जारी गरी आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदशेसभा सदस्य निर्वाचनका लागि स्वीकृत म्यादी प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड, २०७९ अनुसार भर्ना खुलाएको हो ।

प्रहरीले योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त दिन आह्वान गर्न भनेको छ। सरकारले यसपटकको निर्वाचनमा एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न प्रहरीलाई स्वीकृति प्रदान गरिसकेको छ।

नेपाली नागरिकले म्यादी प्रहरीका लागि मङ्सिर ३० गतेदेखि असोज ६ गतेसम्म जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त दिन सक्नेछन्। दरखास्त दिनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका हुनुपर्नेछ।

भर्नाका लागि नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएका, राजनीतिक दलको सदस्य नभएका, शारीरिक र मानसिक रूपले स्वस्थ, आतङ्ककारी सङ्गठनका सदस्य नरहेका, आँखा माइनस २ र प्लस २ भन्दी बढी कमजोर नभएका, गर्भवती नभएका तथा पुरुषको हकमा उचाइ घटीमा ५ फिट २ इञ्च र छाति ३१–३३ इञ्च, तौल ५० केजी र महिलाको हकमा उचाइ कम्तीमा ५ फिट र तौल ४२ केजी भएको हुनुपर्ने सूचनामा जनाइएको छ।

प्रहरीका अनुसार आगामी असोज ९ गतेदेखि छनोट प्रारम्भ हुनेछ। यसअघि म्यादी प्रहरीमा छनोट भई सन्तोषजनक काम गरेका, पूर्वसुरक्षाकर्मी तथा पूर्ववनरक्षक, सुरक्षाकर्मीमा भर्नाका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका, मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएकालाई प्राथमिकतामा दिइने प्रहरीले जनाएको छ।

Tags: #राससनिर्वाचनम्यादी प्रहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

५० हजार रुपैयाँ घुससहित विद्युत प्राधिकरण इटहरीका कर्मचारी पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

इटहरी । नेपाल विद्युत प्राधिकरण, इटहरी शाखामा कार्यरत सातौँ तहका कर्मचारी कृष्ण यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले ५०...

इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार
समाचार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

इटहरी : सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ४५ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । दुहबी नगरपालिका–११ नहरचोकस्थित...

भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

भदौ १७, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा उद्योग परिसरमै क्रेनले किच्दा मजदुरको मृत्यु

भदौ १७, २०८३
कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

भदौ १६, २०८३
टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

भदौ १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

५० हजार रुपैयाँ घुससहित विद्युत प्राधिकरण इटहरीका कर्मचारी पक्राउ

भदौ १७, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

भदौ १७, २०८३
भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

भदौ १७, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा उद्योग परिसरमै क्रेनले किच्दा मजदुरको मृत्यु

भदौ १७, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.