इटहरी : चलचित्र ‘प्रेम गीत ३’ असोज ७ गतेदेखि प्रदर्शनमा आउने भएसँगै चलचित्र निर्मातादेखि कलाकारहरू प्रचारप्रसारका लागि पूर्वमा आएका छन् ।
शनिवार ‘प्रेम गीत ३’ का कार्यकारी निर्माता चक्रबहादुर चन्द, प्रसिद्व कलाकार सुनील थापा, कलाकार प्रेम पुरी, गायक प्रताप दास लगायतको टिम इटहरीमा आएको हो ।
पत्रकार सम्मेलन गर्दै टिमले ‘प्रेम गीत ३’ उत्कृष्ट बनेको जनाएको छ । नयाँ इतिहास सिर्जना गर्दै बलिउड यात्रामा पसेको फिल्म ‘प्रेम गीत ३’ ले यतिबेला नेपाल र भारतमा एकसाथ प्रचारप्रसारलाई ब्यापकता दिइरहेको निर्माता चन्दले बताए ।
भारतमा निर्माता निर्देशक सन्तोष सेन, नायक प्रदीप खड्का र नायिका कृष्टिना गुरुङको टोलि प्रचारप्रसारमा छन् ।
प्रसिद्व कलाकार सुनील थापाले हलिउड फिल्मसँग आफूहरू अविचलित नहुने बताए । ‘प्रेम गीत ३’ ले नेपाली सिने जगतमा नयाँ रेकर्ड राखेको दाबी गरे ।
‘हामीले पनि अन्तर्राष्ट्रिय स्तरको फिल्म बनाउन सक्छौँ भन्ने सन्देश दिएको छ, ‘प्रेम गीत ३’ प्रदर्शनमा आउनु अभावै धेरै उचाइमा पुगिसकेको छ’ उनले भने ।














Discussion about this post