धरान : पूर्वाञ्चल क्याम्पस धरानको कर्मचारी संघ एकाइ सभापतिमा हरिलाल पाण्डे सर्वसम्मत चयन भएका छन् ।
त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ एकाइ समितिको १२ औँ निर्वाचनबाट पाण्डेलाई सर्वसम्मत सभापतिमा चयन गरिएको हो ।
पूर्वाञ्चल क्याम्पस धरानमा तीन वटै कर्मचारी संगठनको (प्रजातन्त्रवादी कर्मचारी संगठन, प्रगतिशील कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन) सर्वसम्मतिबाट पाण्डेको सभापतिमा ११ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो ।
जसअनुसार सभापतिमा पाण्डे, उपसभापतिमा दामोदर घिमिरे, सचिवमा सोनी चौधरी, सहसचिवमा सुमित थापा मगर, कोषाध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा गणेश खत्री, वुद्ध सिंह तामाङ, लक्ष्मण माझी, धनञ्जय कोइराला, डिकबहादुर तामाङ, वुद्धिबहादुर थापा मगर चयन भएका छन् ।
उनीहरूलाई बुधबार एक कार्यक्रमकाबीच सपथ ग्रहण गराइएको छ ।














Discussion about this post