दाङमा पहिलो पटक कोरोना भाइरसका बिरामी भेटिएका छन् ।
दाङमा पहिलो पटक ३ जनामा कोरोना पुष्टि भएको हो ।
राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान घोराही दाङमा शुक्रबार बेलुकी साढे ८ बजेपछि पत्रकार सम्मेलन गरेर कोरोना भेटिएको पुष्टि भएको बिवरण सार्वजनिक गरिएको हो ।
राप्ती स्वास्थ बिज्ञान प्रतिस्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीले दुई जनामा कोराना पोजेटिभ देखिएको पुष्टि गरिन्।
देउखुरी गढवा गाउँपालिकाका निवासी २३ बर्षीय, ३६ बर्षीय युवा र तुलसीपुरका ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
प्रतिष्ठानमा कोरोना भाइरस पोजेटिभ देखिएपछि क्रस चेकका लागि भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
तुलसीपुरका पुरुषमा भने कोरोना लागेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।
उनिहरुले केहिदिन पहिले भारतबाट फर्केका थिए । उनिहरुलाई लमहिको क्वारेन्टिनमा राखिएको छ ।
Discussion about this post