झापा : झापाको कमल गाउँपालिकामा एकै परिवारका दुई जनाको हत्या भएको छ । हत्या आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शनिबार राति कमल गाउँपालिका २ सिमलडाँगीका चन्द्रकला माझी र सन्तबहादुर माझीको खुकुरी प्रहार गरी हत्या भएको हो । हत्या आरोपमा २३ वर्षका चन्द्रबहादुर माझी पक्राउ परेका छन् ।
उनी चन्द्रकलाको छोरा र सन्तबहादुरको भतिज हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएराति साढे १० बजे अलग अलग कोठामा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र सोही उमेरका काका सन्तबहादुरलाई चन्द्रले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनापछि भाग्दै गरेका चन्द्र माझीलाई प्रहरीले पक्राउ गरेको छ । दुवै जनाको शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post