झापा : झापाको कमल गाउँपालिका २ मा आफ्नै आमा र काकाको हत्या गरेको आरोपमा २० वर्षीय चन्द्र माझीलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार राति साढे १० बजेको समयमा माझीले आफ्नै आमा ५० वर्षीया चन्द्रकला माझी र आफ्नै काका ५० वर्षीय सन्तबहादुर माझीलाई फलामको धारिलो हतियारले प्रहार गरी हत्या गरेका थिए ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले माझीलाई गएराति नै पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post