इटहरी : ६७ औँ प्रहरी दिवस २०७९ को अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको छ । प्रदेश प्रहरी प्रमुख डीआइजी सुदीप गिरीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, १ नम्बर प्रदेश ट्राफिक व्यवस्थापन तथा राजमार्ग सुरक्षा कार्यालय इटहरी, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण, १ नम्बर प्रदेश विशेष सुरक्षा गण दुहवी र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत रहेका ४१ जना प्रहरी अधिकृत तथा जवानहरूले रक्तदान गरेका थिए ।














Discussion about this post