इटहरीका एक व्यक्तिको शंकास्पद मृत्यु भएको छ । इटहरी १२ खनारका ३३ बर्षीय देवीप्रसाद दुलालको शंकास्पद मृत्यु भएको हो ।
उनी विराटनगरमा औषधीको डिलर सञ्चालन गदै आएका थिए ।
विराटनगर महानगरपालिका १० मधुमाराको देवी माँ पाथीभरा फर्मका संञ्चालक दुलाल सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि कोशी अञ्चल अस्पताल पुर्याइएपनि अस्पतालले मृत घोषित गरेको थियो ।
मृतक दुलालको नाक, हात, घाँटी र बायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा शव रहेकाले घटनालाई शंकास्पद मानिएको प्रहरीले जनाएको छ ।
घटना शंकास्पद भएपछि अर्का औषधी व्यवसायी धनबहादुर काफ्ले, श्रीमती मीना श्रेष्ठ दुलाल र हरिमोहन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post