कतार : कतारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्ती मनाउने तयारी भइरहेको छ ।
चार संस्थाको सहकार्यमा देवकोटाको जन्मजयन्ती मनाइने भएको हो ।
जन्मजयन्ती समारोह नवोदित साहित्यिक वाचनालय कतारको ११९ औँ डबलीको अवसरमा कतारमा स्थापित साहित्यिक संस्थाहरू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार शाखा, सन्ध्या ग्रुप अल्खोर, नवोदित साहित्यिक वाचनालय र एनसिसि कतारको साहित्य बिभागले आयोजना गर्न लागेको हो ।
कार्यक्रममा मदन पुरस्कार विजेता कवि तथा गीतकार डा. नवराज लम्सालको एकल कविता वाचन पनि हुने भएको छ ।
Discussion about this post