इटहरी : आज छठको तेस्रो र मुख्य दिन हो । देशका विभिन्न स्थानमा अहिले छठ पर्वको रौनक छ ।
आज वर्तालुहरू निराहार व्रत बसी साँझ पवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिने गरिन्छ। यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझिया घाट’ र ‘सझुका अरख’ भन्ने गरिन्छ ।
यसअघि कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ र ‘अरबाअर्वाइन’ सम्पन्न भइसकेका छन् । त्यसैगरी हिजो शनिबार पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिएको छ ।
वर्तालुले सोमबार सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवतरूपमा समापन हुनेछ । व्रत समापन गरिने बिहानको यो विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।
छठ पर्वको अवसरमा सरकारले विदा दिएको छ ।














Discussion about this post