इटहरी : आगामी मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन लिने प्रणाली बन्द हुने भएको छ ।
यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै लाइसेन्सको अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने जनाएको छ ।
‘अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुनेछ ।’ सूचनामा भनिएको छ ।
विभागले कहिलेदेखि प्रणाली खुल्छ भन्ने उल्लेख गरेको छैन ।
Discussion about this post