इटहरी १२ खनारका देवीप्रसाद दुलालको हत्यामा संलग्नलाई कडा कारबाही गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नम्बर १ ले माग गरेको छ ।
कार्यसमिति सदस्य समेत रहेका विराटनगरका औषधी ब्यवसायी देवीप्रसाद दुलालको हत्यामा संलग्नलाई कडा कार्बाही गर्न माग गरेको हो ।
अपराधिक क्रियाकलापले उद्योगी ब्यवसायीमा निराशा छाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
महासंघका प्रदेश नम्बर १ का अध्यक्ष राजेश कोइरालाद्धारा जारी विज्ञप्तीमा भनिएको छ–‘ यो अपराधिक घटनामा संलग्न अपराधीलाई कानुनको कठघरामा उभ्याउन नेपाल सरकार सँग नेपाल घरेलु महासंघ जोडदार माग गर्दछ ।’
Discussion about this post