झापा : झापाको बुद्धशान्ति गाउँपालिका १ बुधवारे बजारमा करुवा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३२ वर्षीय रघुनाथ मारुती गोरड रहेका छन् ।
बिहीबार (आज) बिहान ३ बजे गोरडले सामान्य विवादको क्रममा २६ वर्षीया श्रीमती सपना गोरडलाई पानी खाने करुवाले टाउकोमा प्रहार गरेका थिए ।
प्रहारबाट सपनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तत्काल खटिएको प्रहरी टोलीले गोरडलाई घटनास्थलबार्टै पक्राउ गरेको हो ।
पक्राउ परेका गोरडको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।













Discussion about this post