इटहरी : सुनसरी २ (ख) मा नेकपा एमालेका राम मेहता निर्वाचित भएका छन् ।
निकटतम् प्रतिद्वन्द्वी राजीव कोइरालालाई पराजित गर्दै मेहता निर्वाचित भएका हुन् । मेहताले १८ हजार १ सय ९१ मत प्राप्त गर्दा कोइरालाले १७ हजार ६ सय ३६ मत पाए ।
सत्तागठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोइराला प्रदेश १ को मुख्यनन्त्रीको दाबेदार थिए ।
यसअघि सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका कोइराला प्रदेश १ को नेपाली कांग्रेसका संसदीय दलका नेता समेत थिए ।














Discussion about this post