उदयपुर : उदयपुर १ बाट प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री डा. नारायण खड्का निर्वाचित भएका छन् ।
एमालेकी मन्जुकुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै सत्ता गठबन्धन दलका साझा उम्मेदवार खड्काले चौथो पटक प्रतिनिधिसभा सदस्य जितेका हुन् ।
खड्काले ३१ हजार २७० मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।
उदयपुर १ मा खड्काले ०६४ यता लगातार जित्दै आएका छन् ।














Discussion about this post