इटहरी : प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको बुधबार बिहान ७ बजेसम्मको मतगणनामा नेकपा एमालेको अग्रता कायम छ ।
समानुपातिकतर्फ ९९ लाख ९३ हजार ५६८ मतगणना हुँदा एमालेले २६ लाख ९४ हजार १२४ मत प्राप्त गरेको छ ।
दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसको पक्षमा २५ लाख ४८ हजार ७७८ मत खसेको छ ।
तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र छ । माओवादी केन्द्रले ११ लाख ४३ हजार ५०३ मत पाएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार १०२ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
Discussion about this post