इटहरी : प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ ।
आज साँझ ६ बजेसम्मको तथ्याङ्कअनुसार समानुपातिकतर्फ नेकपा एमालेको अग्रता छ ।
हालसम्मको एक करोड एक लाख ७१ हजार दुई सय ७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार छ सय ३९ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले २५ लाख ८५ हजार ९०, नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार चार सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख चार हजार दुई सय ४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार दुई सय ७५ मत प्राप्त गरेका छन् ।
यस्तै, जनता समाजवादी पार्टीले चार लाख आठ हजार नौ सय ६४, जनमत पार्टीले तीन लाख ७६ हजार एक सय ९९, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९० हजार एक सय ९६ र नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६८ हजार चार सय ३६ मत प्राप्त गरेका छन् ।
Discussion about this post