आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नम्बर १ का कर्मचारीलाई घुस बुझाउन खोज्ने जलश्रोत तथा सिचाईँ विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्द कुमार झा लाई अख्तियार इटहरीले प्रक्राउ गरेको छ ।
महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोजेका उनलाई अख्तियार इटहरीले पक्राउ गरेको हो ।
झाले आँफूले पौडेललाई १० हजार नगद खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले लिन अस्वीकार गरेको बताएका छन् ।
Discussion about this post