इटहरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान इटहरी नगर समितिले आयोजना गरेको हिसान स्पोर्टस मिट अन्तर्गत नृत्य प्रतियोगितामा कस्तुरी एकेडेमी प्रथम भएको छ ।
इटहरी ८ स्थित सुष्मा स्कुलमा सम्पन्न नृत्य प्रतियोगितामा लर्डबुद्ध स्कुलले दोस्रो स्थान हासिल गर्दा विश्व आदर्श एकेमेडी तेस्रो भएको छ ।
यस्तै, स्पोर्टस मिट अन्तर्गत सम्पन्न गायन प्रतियोगितामा पिस जोन स्कुल प्रथम भएको छ । यस्तै, ग्रिनपिस स्कुल दोस्रो भएको छ भने कोसी कलेजले तेस्रो स्थान हासिल गरेको छ ।
गायन र नृत्य प्रतियोगितामा हिसानमा आबद्ध इटहरी नगरक्षेत्रका एक दर्जन शिक्षालयहरूको सहभागिता रहेको थियो ।
Discussion about this post