धरान १३ की कोरोना संक्रमित महिला तीन महिना अगाडि भारतबाट आएको खुलेको छ ।
करीब तीन महिना अघि दिल्लीबाट दम्पत्तिसहित उनीहरु धरान आइपुगेको खुलेको हो ।
संक्रमित महिलाका श्रीमान अस्वस्थ भएकोले उपचार गराउन दिल्ली गएका थिए ।
उनीहरु दिल्लीबाट फर्किएको ३ महिना पुगेको खुलेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
यो पनि_ धरानकी संक्रमितलाई अस्पताल लैजाने एम्बुलेन्स अझै भेटिएन
Discussion about this post