Tuesday, August 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराट एक्स्पोको राष्ट्रपति भण्डारीले गरिन् उद्घाटन, औद्योगिक क्षेत्रको प्रवर्द्धन हुने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २९, २०७९
in समाचार
0
विराट एक्स्पोको राष्ट्रपति भण्डारीले गरिन् उद्घाटन, औद्योगिक क्षेत्रको प्रवर्द्धन हुने
96
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरमा विराट एक्स्पोको उद्घाटन गरिएको छ ।

उद्योग संगठन मोरङले विराटनगरस्थित डिग्री क्याम्पस प्राङ्गणमा आयोजना गरेको एक्स्पोको बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले औद्योगिक प्रदर्शनीले उत्पादक र उपभोक्ताबीच सम्बन्ध स्थापित हुने बताइन् ।

नेपाल र विदेशी राष्ट्रबीच पारस्परिक सम्बन्ध स्थापित हुने भएकाले देशको अर्थतन्त्र स्तरोन्नतिमा टेवा पुग्ने उनले बताइन् ।

“समग्र देशको अर्थतन्त्र उकास्नका निम्ति यस्ता किसिमका कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ,” उनले भनिन्, “विराटनगर औद्योगिक क्षेत्रको ऎतिहासिक ठाउँ हो ।”

औद्योगिक क्षेत्रमा लगानी भित्र्याउन सबै पक्षको ध्यान जानुपर्ने उनले बताइन् ।

राष्ट्रपति भण्डारीले निजी क्षेत्रको समस्या पहिचान गरी त्यसको समाधान गर्न सरकारको ध्यान गराइन् । एक्स्पोले व्यापार क्षेत्रमा नयाँ गतिशीलता प्रदान गर्ने उनले बताइन् ।

विराटनगरदेखि संखुवासभाको किमाथांका जोड्ने सडकले चीनसँग जोडिने भएकाले पनि आर्थिक क्षेत्र स्तरोन्नतिमा सहज हुने उनको भनाइ छ ।

उनले भनिन्, “औद्योगिक प्रदर्शनीले पर्यटन क्षेत्रको वृद्धिका लागि पनि मद्दत पुग्नेछ ।” प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले विराट एक्स्पोले आर्थिक क्षेत्रमा देखिएको समस्यालाई चलायमान बनाउने बताए ।

आर्थिक र औद्योगिक क्षेत्रमा देखिएका समस्याबारे छलफल गरी त्यसको स्तरोन्नतिका निम्ति एक्स्पोले भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले निजी क्षेत्रको यो किसिमको सक्रियता महत्त्वपूर्ण रहेको बताए ।

“आजको दिनमा राज्यले नै सबैथोक जिम्मेवारी लिनुपर्छ भन्ने कुराको योगदान अन्त्य भइसकेको छ,” उनले भने, “हाम्रो जस्तो कमजोर अर्थतन्त्र भएको मुलुकमा राज्यले मात्रै सबै काम गर्न सक्छ भन्नू अर्थपूर्ण हुँदैन ।”

प्रदेश नं. १ मा विकास, सम्भावना र संस्कृतिको हिसाबले एक नम्बर नै रहेको उनले बताए । अहिलेको कानुनले प्रदेश सरकार निरीह बस्नुपरेको उनले बताए । अहिलेपनि केन्द्रले नै बजेट खुम्च्याएर राखेकाले प्रदेश सरकारले सोचेअनुरुप काम गर्न नसकेको बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले औद्योगिक प्रदर्शनीले स्थानीय व्यापारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

विराटनगरबाट देशमा सातजना प्रधानमन्त्री भएको स्मरण गर्दै उनले राजनीतिक र औद्योगिक संग्रहालय बनाउन महानगर निजी क्षेत्रसँग सहकार्यका लागि तयार रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको आर्थिक तरलताबीच चुनौतीलाई पन्छाउनका लागि एक्स्पोले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

अर्थतन्त्र संकुचित भएकाले समस्या निर्मूल पार्न सरकारको पनि भूमिका आवश्यक पर्ने उनको तर्क छ । निजी क्षेत्रले देशको समृद्धि देख्न चाहेको उनले बताए । उद्योग संगठन मोरङका अध्यक्ष सुरेश प्याकुरेलले स्वदेशी उत्पादनको बजार फराकिलो बनाउनका निम्ति एक्सोपो आयोजना गरिएको बताए ।

“पर्यटकीय गन्तव्यको प्रचार, स्वदेशी उत्पादनको बजारको दायरा फराकिलो बनाउनका लागि एक्स्पोको आयोजना गरिएको हो,” प्याकुरेलले भने, “कृषि तथा औद्योगिक प्रदर्शनी, आर्थिक र औद्योगिक क्षेत्रको स्तरोन्नतिका निम्ति बहस समेत गरिनेछ ।”

उनले नेपालमा उत्पादन भएका औद्योगिक सामान विदेश निर्यात वृद्धि गर्ने उद्योग अहिलेको आवश्यकता रहेको उनले बताए । स्वदेशी उत्पादनको प्रवर्द्धन नै एक्स्पोको मुख्य लक्ष्य रहेको उनको भनाइ छ ।

एक्स्पो व्यवस्थापन समितिका संयोजक भोलेश्वर दुलालले एक्स्पोमा चार सय बढी स्टलहरू राखिएको जानकारी दिए । एक्स्पो पुस ६ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

Tags: #पर्यटन#विराटनगरएक्स्पो
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विविध

झापामा एक वर्षमा ६९६ जनामा स्क्रब टाइफस संक्रमण

by रासस
साउन १८, २०८३
0

झापा : झापामा आर्थिक वर्ष २०८२/८३ मा विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीमध्ये ६९६ जनामा ‘स्क्रब टाइफस’ सङ्क्रमण पुष्टि...

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए
विविध

काँकडभिट्टा नाकाबाट चिया निर्यात घट्यो, आम्दानीमा ६४ करोडको कमी

by रासस
साउन १८, २०८३
0

झापा : पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा गिरावट आएको छ । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो...

कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

कोशीमा मुख्यमन्त्री फेर्ने ओलीको चाहना, कार्कीको अडानले पेचिलो बन्यो विवाद

साउन १८, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा निषेधाज्ञा पूर्ण रूपमा हट्यो

साउन १८, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

पिकअपको ठक्करबाट एक वृद्धको मृत्यु

साउन १८, २०८३
चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

साउन १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा एक वर्षमा ६९६ जनामा स्क्रब टाइफस संक्रमण

साउन १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकाबाट चिया निर्यात घट्यो, आम्दानीमा ६४ करोडको कमी

साउन १८, २०८३
कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

कोशीमा मुख्यमन्त्री फेर्ने ओलीको चाहना, कार्कीको अडानले पेचिलो बन्यो विवाद

साउन १८, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा निषेधाज्ञा पूर्ण रूपमा हट्यो

साउन १८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.