सोलुखुम्बु : सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका १ बाट भरुवा बन्दुकसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको माप्यदूधकोशी गाउँपालिका २ का ३२ वर्षीय खगेन्द्र राई र सोही ठाउँका २४ वर्षीय प्रवेश राई रहेका छन्।
उनीहरूलाई एक थान भरुवा बन्दुक र एक थान खुकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
सोलुदूधकुण्ड नगरपालिका १ छिर्दीस्थित निर्माणाधीन पुलका कामदारहरूलाई धाकधम्की दिँदै गरेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post