इटहरी : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेता चुन्नका लागि पुस १५ गते निर्वाचन हुने भएको छ ।
सहमतिको सम्भावना टरेपछि पुस १५ गते निर्वाचनबाट दलको नेता छान्नका लागि निर्वाचन हुने भएको हो ।
यसअघि संसदीय दलको नेता छान्न राष्ट्रियसभा सदस्य तथा कांग्रेस प्रदेश १ उपसभापति समेत रहेका रमेशजंग रायमाझीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।
कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा प्रदेश सभापति उद्धव थापासंगै प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, पार्टी केन्द्रीय सदस्यद्धय अमृत अर्याल र भीम पराजुली आकांक्षी छन् ।
प्रदेश १ को प्रदेशसभामा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकबाट १३ जना गरी २९ सांसद रहेका छन् ।



















Discussion about this post