तरहरा : इटहरी २० तरहरामा रहेको शान्ति जनकल्याण बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडको शनिबार भएको निर्वाचनबाट अध्यक्षमा बीरबहादुर लिम्बू निर्वाचित भएका छन् ।
आइतबार (आज) दिउँसो सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार लिम्बू निर्वाचित भएका हुन् ।
कूल १ हजार ५०९ मत खसेकोमा लिम्बूले ५९२ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वि चन्द्रकुमार गिरीले ५३१ मत प्राप्त गरे । यस्तै, अध्यक्षका प्रतिष्पर्धी बसन्त श्रेष्ठले २०४ मत प्राप्त गर्दा मेघराज पराजुलीले ९६ मत प्राप्त गरे ।
उपाध्यक्षमा चिन्तामणी सापकोटा निर्वाचित भएका छन् । सापकोटाले ६२० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उपाध्यक्षका उम्मेदवार टंक पौडेलले ४०६ मत प्राप्त गरे भने कृष्णप्रसाद भट्टराईले ३३६ मत प्राप्त गरे ।
यस्तै, लेखा समिति महिला सदस्यमा चन्द्रकुमारी गिरीले ५९५ मत प्राप्त गर्दै निर्वाचित भइन् ।
महिला सदस्यमा भने लीलादेवी राईले ७२२, कमला नेपालले ७०५ र सारदा कटवालले ६२० मत प्राप्त गर्दै विजयी भएकी छन् ।
यस्तै, खुल्ला सदस्यमा प्रदीप केसीले ७२२ मत, भरत केसी ६२३ मत, विकास गिरी ५७७ मत, राजु श्रेष्ठ ४६४ मत, उपराज गोतामे ४३७ मत र दुर्गा गिरीले ४१७ मत प्राप्त गर्दै निर्वाचित भए ।
यसअघि लेखा समिति संयोजकमा कृष्णप्रसाद घिमिरे र लेखा समिति सदस्यमा सनत कोइराला निर्विरोध निर्वाचित भएका छन् ।
Discussion about this post