इटहरी : इटहरी १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) समुहको प्रहरी टोलीले बैकिङ कसुर मुद्दा र चेक अनादर मुद्दामा फरार एक जना प्रतिबादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी उप महानगरपालिका ९ बस्ने ४४ वर्षीया सिता कुमारी भेटवाल पोखरेल रहेकी छिन् ।
बैकिङ कसुर मुद्दामा उच्च अदालत बिराटनगर मोरङको मिति २०७९–०३्र–०१ गरेको सजाय निर्धारण फैसला आदेशले ५ लाख रुपैया जरिवाना र चेक अनादर मुद्दामा सुनसरी जिल्ला अदालत ईनरुवाको मिति २०७९्र–०२्र–२७ गतेको सजाय निर्धारण फैसला आदेशले ३ महिना कैद, ३ हजार रुपैया जरिवान बेरुजु रहि फरार रहेकी पोखरेललाई गाँउघरमा नै लुकीछिपी बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरी सुनसरी जिल्ला अदालतमा दाखिला गरी कैद भुक्तानको लागि झुम्का कारागार पठाईएको प्रहरीले जनाएको छ ।












Discussion about this post