ईलाका प्रहरी कार्यालय धरानले लागूऔषध सहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान– १५ बाँझगरा बस्ने वर्ष ४३ घनश्याम राई, धरान–१३ का वर्ष २९ को मन्दीप मगर र तेह्रथुम साविक मेन्छयायेम गाँउपालिका वडा नं. १ घर भई हाल धरान–१३ बस्ने वर्ष २५ की समिया लिम्बू रहेका छन् ।
लागूऔषधसहित पक्राउ परेपछि सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा थुनामा राख्ने अनुमति लिइ अनुसन्धान भइरहेको धरानका डीएसपी ढुण्डीराज न्यौपानले जानकारी दिए ।
Discussion about this post