इटहरी : विभागीय क्लब एपीएफ र लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
इटहरीमा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको सामान्य ५२ रनको लक्ष्य ८.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो ।
एपीएफको जीतमा कप्तान सिता राना मगरले १९ रनको नटआउट पारि खेल्दा ज्योति पाण्डे ८ रनमा आउट भइन् ।
यसैगरी रोमा थापा १४ रनमा नटआउट रहदा इन्दू बर्मा र सरिता मगरले खाता खोल्न सकेनन् । गण्डकी प्रदेशकी सृष्टि जैशीले सवै ३ विकेट आफ्नो नाममा लेखाइन् ।
त्यसअघि इटहरीस्थित जनता क्रिकेट पार्कमा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर
५१ रन बनाएको थियो । कप्तान सृष्टि जैशीले सर्वाधिक १४ रन बनाउदा अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुजाता थापा र कुशुम गोदारले ७–७ रन बनाए ।
एपीएफकी प्लेयर अफ दी म्याच सुमन विष्टले ३ विकेट लिदा नेरी थापा, शुष्मा श्रेष्ठ, सिता रानामगर र राजमति ऐरीले एक एक विकेट लिए ।
आजै भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ९८ रनले हराउदै सुखद सुरुआत गरेको हो ।
लुम्बिनीले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको कर्णाली १८ ओभर १ बलमा अलआउट हुदै ४९ रनमा समेटियो । कर्णालीका लागि यमुना थारुले १३ रन जोडिन् । किरण कुवँरले १० रन जोडिन भने अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।
कर्णालीका ६ खेलाडी सुन्य रनमा पेभेलियन फर्किएका थिए ।
लुम्बिनीका कृतिका मरासिनी र मधु डिसीले ३/३ विकेट हात पार्दा सुस्मिता भुसालले २ विकेट लिइन् । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४७ रन जोडेको थियो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३३ रन जोडिन् ।
सरस्वती पुनले अविजित ३० रन बनाउदा आश्मा पुलामी मगरले १४ रन र रन्जु श्रेष्ठले १० रन जोडिन् । कर्णालीका यमुना थारु र बिना थापाले २/२ विकेट लिइन् ।
प्रतियोगिता अन्तर्गत आइतबार हुने पहिलो खेलमा एपीएफ र बागमती प्रदेशबीच प्रतिष्पर्धा हुँदा दोस्रो खेलमा मधेष प्रदेश र कर्णाली प्रदेशबीच खेल हुने आयोजकले जनाएको छ ।













Discussion about this post