इटहरी : सुनसरीको स्पोर्ट्स मिट २०७९ अन्तर्गत हिसान रनमा छात्रतर्फ नमुना कलेज र छात्रातर्फ धरान आदर्श प्रथम भएको छ ।
इटहरीमा आज (शुक्रबार) बिहान भएको ५ किलोमिटर लामो दौडमा नमुना कलेजका सरोज सिंहले निर्धारित दूरी १४ मिनेट १० सेकेण्डमा पूरा गरेर प्रथम भए ।
सुनाखरी एकेडेमीका रोदन राईले १४ मिनेट ३५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भए । धरान उच्चका अर्जुन कुमार राईले १४ मिनेट ३६ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भए ।
छात्रातर्फ धरान आदर्शकी आयशा लिम्बू प्रथम भइन् । कस्तुरी कलेजकी इशा यादव दोस्रो र हिमशिखर स्कूलकी तनुजा थापामगर तेस्रो भइन् ।
लिम्बूले निर्धारित दूरी २० मिनेट ४० मिनेट, यादवले २० मिनेट ५४ र थापामगरले २१ मिनेट १० सेकेण्डमा पूरा गरेकी थिइन् ।
प्रथम हुने धावक धाविकाले नगद १५ हजार, द्धितीयले १० हजार र तेस्रोले ५ हजार नगद पुरस्कार पाए ।
बिजेता धावक धाविकाहरुलाई इटहरी उपमहानगरका नगर प्रमुख हेमकर्ण पौडेल, जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकाल, प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी श्यामकुमार महतोले पुरस्कार प्रदान गरे ।














Discussion about this post