इटहरी : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व बिहीबार विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ ।
यसैक्रममा इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालय परिसरमा दाताले निर्माण गरि दिएको मन्दिरमा सरस्वतीको पूजा गरिएको छ ।
दिंवगत भएका स्थानीय उमानाथ बजगाईंको स्मृतिमा श्रीमती ९३ वर्षीया गायत्रादेवी बजगाई सहित छोराहरु शारदा बजगाई, बद्री बजगाईं र दुर्गानाथ बजगाईंले संयुक्त रुपमा मन्दिर बनाईदिएका हुन् ।
बजगाईं परिवारले छ लाख रुपैयाँ खर्चेर सरस्वतीको मन्दिर निर्माण गरेको प्रधानाध्यापक सरन बस्नेतले बताए ।
सुनसरीमा सामूदायिक विद्यालयबाट फरक पहिचान बनाउन सफल भएको शैक्षिक संस्थामा पर्छ, राष्ट्रिय माध्यमिक विद्यालय ।
राष्ट्रिय माध्यमिक विद्यालयमा एसईईपछि प्राविधिक धारका विषयहरू पढ्न डिप्लोमा इन सिभिल इन्जिनियरिङ् र ओभरसियरमा पढाई हुने गरेको छ ।
राष्ट्रिय माध्यमिक विद्यालय कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा विषय समूहमा पठनपाठन हुने गरेको छ । कक्षा १० सम्म विद्यार्थीको चाप अध्याधिक रहेको छ ।
Discussion about this post