विराटनगर : विराटनगरमा कोठाभाडा गरी बस्दै आएकी १९ वर्षीया एलिसा खड्काको रहस्यमय मृत्यु भएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका १५ घर भइ विराटनगर बस्दै आएकी खड्काको माघ १८ गते राति रहस्यमय मृत्यु भएको हो ।
विराटनगरस्थित कोसी अस्पतालमा ल्याइपुर्याउँदा खड्कालाई चिकित्सकले मृत घोषणा गरेका थिए । एलिसाको घाँटीमा निलो डाम भएको कारणले उनको मृत्यु रहस्यमय रहेको प्रहरीले आशङ्का गरेको छ ।
घटना रहस्यमय रहेको कारणले प्रहरीले हस्पिटल पुर्याउने साथी विराटनगर १२ घर भएकी २७ वर्षीया लक्ष्मी राजवंशीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका राजवंशी र मृतक खड्का साथी हुन् ।
उनीहरू लागूऔषध प्रयोगकर्ता पनि रहेको प्रहरीले जनाएको छ ।
माघ १८ गते राति खड्का राजवंशीको घर गएकी थिइन् । उनको घर विराटनगर १२ मा रहेको छ ।
एलिसा बेहोस भएपछि लक्ष्मीले कोसी अस्पतालमा लिएर गएकी थिइन् । पोस्टमार्टम रिपोर्ट नआएसम्म अहिले के कारणले मृत्यु भएको भन्न सक्ने अवस्था नभएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post