इटहरीमा करणी गर्ने प्रयास आरोपमा एकजना पक्राउ परेका छन् ।
इटहरी २० की एक युवतीलाई करणी गर्ने प्रयास आरोपमा यहाँका सन्तोष कटवाल पक्राउ परेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले जानकारी दिए ।
उनले भने, जबरजस्ती करणी गर्ने प्रयास आरोपमा हामीले पक्राउ गरी ४ दिनको म्याद थप गरेका छौँ, अहिले त्यति भनौँ । उनले घटनाको बिस्तृत विवरणबारे अनुसन्धान भईरहेको जानकारी दिए ।
यसअघि नै पक्राउ गरिएका कटवालले ती युवतीसँग माफ मागेर छाडिएपनि अहिले पीडितले पुनः प्रहरीमा जाहेरी दिएसँगै उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
यसअघि आरोपित कटवालले भने करणी भएमा आँफू जस्तोसुकै सजाय भोग्न तयार भएको र आँफूलाई पूर्वाग्रहका आधारमा फसाईएको जिकिर गर्दै आएका थिए । तथापि, पीडित युवतीले भने आँफूमाथि जबरजस्ती नै भएको भन्दै जाहेरी दिएको प्रहरीको भनाई छ ।
Discussion about this post