इटहरी : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) प्रदेश १ को आयोजनामा इटहरीमा प्याब्सन ‘प्रसिडेन्ट रनिङ कप’ सुरु भएको छ ।
रनिङ कप अन्तर्गत प्याब्सन छात्र–छात्रा प्रेसिडेन्ट कप भलिबल र अन्डर १५ फुटबल प्रतियोगिता सुरु गरिएको छ ।
शनिबारसम्म चल्ने प्रतियोगिताको उद्घाटन प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले गरेका छन् ।
उद्घाटन सत्रमा बोल्दै मन्त्री आचार्य खेलकुदलाई पर्यटनसँग जोड्नका लागि पहल गर्ने बताए । यस्तै, कार्यक्रममा बोल्दै प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले स्थानीय सरकारले खेलकुदलाई प्राथमिकता दिन नसकेको गुनासो गरे ।
प्रेसिडेन्ट कपमा प्रदेश १ का विभिन्न जिल्लाबाट जिल्ला स्तरीय खेलकुदमा छनोट भएका टिमको सहभागिता रहेको छ ।
प्याब्सन प्रेसिडेन्ट कप भलिबल प्रतियोगितामा १३ वटा टिमको सहभागी छन् । जसमा छात्रको सात वटा र छात्राको ६ वटा टिम सहभागी छन् । फुटबल प्रतियोगितामा ६ वटा टिमकै सहभागिता रहनेछ ।
प्रतियोगिता अन्तर्गत फुटबल र भलिबलका क्वाटरफाइनल र सेमिफाइनल चरणका खेलहरू शुक्रबार नै सम्पन्न भएका छन् । फाइनल खेल शनिबार हुनेछ ।
फुटबल प्रतियोगिताको विजेतालाई नगद २१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
उपविजेता टिमलाई नगद ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । भलिबलतर्फ छात्रछात्रा दुवै टिमको विजेतालाई नगद ३१ हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ ।
उपविजेतालाई नगद २१ हजारसहित ट्रफी र मेडल प्रदान गरिनेछ । तेस्रो हुने टिमलाई ११ हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिने प्याब्सन प्रदेश १ का बरिष्ठ उपाध्यक्ष सुमित थापाले जानकारी दिए ।














Discussion about this post