कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणको लागि अग्रभागमा रहेर स्वास्थ्य सेवा प्रदान गर्दै आएका स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
खप्तडि बस्नेत वंश–वत्छला कुलपुजा समिति बिसनपुर ईटहरी १७ ले इटहरी अस्पताललाई करीब ५० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
संस्थाका सचिव राजेन्द्र बस्नेतले नगर उपप्रमुख लक्ष्मी गौतमलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।
देशको बिषम् परिस्थितिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु सराहनीय रहेको इटहरी अस्पतालका इमरजेन्सी शाखाका प्रमुख रामकुमार धमलाले बताए ।
कार्यक्रममा डा. मनिष कुमार शर्मा, रामचरण चाैधरी र घनश्याम सिग्देलको समेत उपस्थिति रहेको थियो ।
Discussion about this post