इटहरी : काठमाडौँको नयाँ बसपार्कमा रहेको लोत्से मलमा भएको मोबाइल लुटपाटको घटनामा सुनसरी मोबाइल व्यवसायी संघले आपत्ति जनाएको छ ।
संघले एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।
‘यही मिति २०७९ फागुन १ गतेका दिन यातायात मजदुर संघले गरेको सरकार विरुद्धको आन्दोलनको नाममा काठमाडौँको नयाँ बसपार्कमा रहेको लोत्से मलमा अत्यन्तै अमानवीय शैलीमा गरिएको मोबाइल व्यवसायी श्री अुर्जुन चालिसेको पसलमा लुटपाटको घटनाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ संघका अध्यक्ष सन्तोष आचार्य र सचिव ध्रुब अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले उक्त आपराधिक घटनामा संलग्न सम्पूर्णलाई यथाशीघ्र पक्राउ गरी कानुन बमोजिम कडा भन्दा कडा कारबाहीको दायरामा ल्याउन माग गर्दछौँ । साथै, मोबाइल व्यवसायी चालिसेको हुन गएको क्षतिबापतको क्षतिपूर्तिका लागि पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
अप्रत्याशित, अमानवीय र सुनियोजित तरिकाले गरिएको सो घटनाप्रति सुनसरी मोबाइल व्यवसायी संघले घोर भत्र्सना गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै, व्यापारिक सुरक्षाको ग्यारेन्टीका लागि सरकारले ठोस कदम चाल्नका लागि पनि आँफूहरूको माग रहेको संघका सचिव अधिकारीले बताए ।












Discussion about this post