विराटनगर : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले लेनदेन बिगो मुद्वाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
लेनदेन बिगो मुद्वामा मोरङ जिल्ला अदालतको मिति २०७९।१०।२० गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष ९ महिना १४ दिन कैद बेरुजु रही फरार रहेका मोरङ ग्रामथान गाँउपालिका २ पडारवानीका ४२ पर्षीय चन्दन कुमार माझीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेको माझीलाई मोरङ जिल्ला अदालत दाखिला गराएकोमा कैद भुक्तानको लागि मोरङ कारागार पठाइएको छ ।














Discussion about this post