मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ बुधबारेका ३१ वर्षीय जीवन लिम्बुले आफ्नै ६१ वर्षीया आमा देवीकुमारी लिम्बुको हत्या गरेका छन् ।
आमाको हत्या लगत्तै आफ्नै शरीरमा चक्कु प्रहार गरि आफैँले पनि आत्महत्या गरेका छन् ।
आमाको हत्या गरेपछि उनले आफैलाई शरीरका विभिन्न भागमा छुरा प्रहार गरेका थिए ।
घाँटी लगायत विभिन्न भागमा गहिरो चोट रहेका उनको नोबेल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post