विराटनगर : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले चोरी मुद्धाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
चोरी मुद्धामा उच्च अदालत मोरङको मिति २०७६।०४।३१ गतेको सजाय निर्धारण फैसला आदेशले ५९ हजार ५ सय ५० रुपैयाँ जरिवाना भएका विराटनगर महानगरपालिका ६ का १९ वर्षीय पंकज साह र १९ दिन कैद र ८० हजार रुपैयाँ जरिवाना बेरुजु रही फरार रहेका २४ वर्षीय राजेश साहलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ गरेका उनीहरूलाई मोरङ जिल्ला अदालतमा दाखिला गरिएकोमा प्रतिवादी पंकज साहले जरिवाना वापतको रकम दाखिला गरेकोमा उनलाई छाडिएको र प्रतिवादी राजेश कुमार साहलाई कैद भुक्तानको लागि मोरङ कारागार पठाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post