अध्यात्मिक संस्था द आर्ट अफ लिभिङ नेपाल धरान सेन्टर मार्फत वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० थान पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट) सहयोग गरेको छ ।
प्रतिष्ठानमा कार्यरत डाक्टर, नर्स तथा अन्य कर्मचारीहरुलाई कोरोना माहामारी बाट बच्नका लागि अपनाईने सुरक्षालाई मध्यनजर गर्दै सो अध्यात्मक संस्थाले पीपीई सहयोग गरेको हो ।
सेन्टरका प्रशिक्षक तथा द आर्ट अफ लिभिङ धरान समिति संयोजक पार्बती श्रेष्ठको सहयोगमा सो पीपीई उपलब्ध गराई प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो ।
द आर्ट अफ लिभिङको केन्द्रका महासचिवको सन्दीप शाहको अगुवाईमा सो कामलाई बढाईएको हो ।
वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर शाहलाई हस्तान्तरण गरिएको थियो ।
सोही पीपीई हस्तान्तरण कार्यक्रममा धरान वडा नं १८ का वडाध्यक्ष नरेन्द्र कुमार राई (प्रबिण) द आर्ट अफ लिभिङका प्रशिक्षक सरस्वती श्रेष्ठ, पार्बती श्रेष्ठ, जनक खडकाको उपस्थिति रहेको थियो ।
यसअघि सोही पिपिई काठमाडौको केन्द्रीय कारागारमा ५९ थान, सेती अञ्चल अस्पताल धनगढीलाई २५ थान, गेटा आँखा अस्पताललाई २५ थान तथा चितवन महानगरपालिकालाई ५० थान बितरण गरिसकेको द आर्ट अफ लिभिङ नेपालका कार्यलय एडमिन प्रमुख उद्धब मडैले जानकारी दिए ।
त्यस्तै आगामी दिनमा धरान वडा नं. १८ मा घर भाडामा बस्ने विपन्न परिवारका ६५ बर्ष भन्दा माथिका बृद्धबृद्धाहरुका लागि हरलिस, सुगर फ्रि बिस्कुट खुवाउने र बालबालिकाहरुलाई एकदिन विराएर दूध खुवाउने समेत अभियान रहेको पार्वती श्रेष्ठले बताईन् ।
यसअघि देखि नै द आर्ट अफ लिभिङ नेपालले राष्ट्रिय स्तरमा सेवा, सुविधाका कामहरु गर्दै आएको छ ।
Discussion about this post