इटहरी : इटहरीमा ह्वील चियर प्रतियोगिता हुने भएको छ । अपाङ्गता भएका व्यक्तिहरूको क्षमता अभिवृद्वि र आत्मबल बढाउने उदेश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
स्पाइनल इन्जुरी संघ कोसी प्रदेशका संयोजक विक्रम घिमिरेका अनुसार आगामी चैत १ गते उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
कार्यक्रमबारे शुक्रबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको छ ।
१५ औं अन्तराष्ट्रिय ह्वीलचियर दिवसको अवसर पारेर कोसी प्रदेशका सबै जिल्लामा बसोबास गर्ने अपाङ्गता भएका विशेष गरी ह्वीलचियर प्रयोगकर्ताबीच प्रतिष्पर्धा गराइने भएको घिमिरेले बताए ।
उनले चैत्र १ गते बिहान ८ बजे हुने प्रतियोगिता इटहरीको मुख्य चौकदेखि उत्तर २ किलोमिटरसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, दोश्रो हुनेले १० हजार र तेस्रो हुनेले नगद पाँच हजार पाउने उनले बताए । पुरस्कार विषयमा धेरै संघ सस्थापनिजोडिन सक्ने देखिएकाले यो रकम तलमाथि हुनसक्ने अध्यक्ष घिमिरेले बताए ।
‘समाजमा अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण बदल्नका लागि यो पनि कार्यक्रमले सहज हुनेछ,’ घिमिरेले भने, ‘अपाङ्गता भएकाहरूको क्षमता विकाससँगै आत्मबल बढाउनका लागि पनि यो कार्यक्रम आयोजना गरिएको हो ।’












Discussion about this post