एक्सल डेभलपमेन्ट बैंक इनरुवा शाखाले खाद्यान्न सामाग्री वितरण गरेको छ।
इनरुवा शाखाको क्षेत्र भित्र रहेका १५ घर धूरीलाई राहत बितरण गरिएको हो।
एक घर बराबर चामल २० केजी, पिठो ५ केजी, दाल २ केजी, तेल २ लीटर, नुन २ केजी, मसला, बेसार, च्युरा, भुजा लगायतका राहत सामाग्री बितरण गरिएको हो।
एक्सल डेभलपमेन्ट बैंकले ४ सय घर परिवारलाई राहत वितरण गर्ने लक्ष्य लिएकोमा इनरुवा शाखाले आफ्नो क्षेत्र भित्रका १५ घर परिवारलाई राहत सामाग्री बितरण गरेको इनरुवा शाखा प्रमुख रमेश बस्नेतले जानकारी दिए।
इनरुवा नगर प्रमुख राजन मेहताले राहत सामाग्री बितरण गरेका हुन्। थप ५ घर परिवारलाई सोहि अनुसारका खाधान्न सामाग्री नगर प्रमुख मेहताले आफ्नो व्याक्तिगत तर्फबाट सहयोग गरेका हुथिए।
Discussion about this post