Monday, September 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

‘नेविसंघको पहिलो प्राथमिकता पार्टी होइन, विद्यार्थीका मुद्वा हुनुपर्छ’ : राजीव ढुंगाना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २४, २०७९
in समाचार
0
‘नेविसंघको पहिलो प्राथमिकता पार्टी होइन, विद्यार्थीका मुद्वा हुनुपर्छ’ : राजीव ढुंगाना
196
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका निवर्तमान सभापति राजीव ढुंगानाले नेविसंघले पार्टीको झण्डा मात्रै नभइ विद्यार्थीका मुद्वा बोक्नुपर्ने बताएका छन् ।

आज (बुधबार) नेविसंघ सुनसरीले इटहरीमा आयोजना गरेको ‘विद्यार्थी आन्दोलन–स्ववियु निर्वाचन र नेविसंघको भूमिका सम्बन्धि अन्तरक्रिया’ कार्यक्रममा बोल्दै ढुंगानाले नेविसंघले पहिलो प्राथमिकता नै विद्यार्थीका मुद्वा बोक्नुपर्ने बताएका हुन् ।

‘नेविसंघ कांग्रेसको भातृसंस्था मात्रै होइन, यसले विद्यार्थीहरूको मुद्वा बोक्नुपर्छ,’ उनले भने, ‘नेविसंघको पहिलो प्राथमिकता पार्टी होइन, विद्यार्थीका मुद्वा हुनुपर्छ ।’

आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनलाई लक्षित गर्दै उनले नेविसंघले मात्रै विद्यार्थीका मुद्वा बोक्ने उदृत गरे ।

‘विद्यार्थीको हितमा काम गर्ने नेविसंघ मात्रै हो, यसलाई कतै चुक्न दिनुहुन्न,’ ढुंगानाले भने, ‘अहिले शिक्षा भनेको व्यापार गर्ने आधार बनिरहेको छ, यसलाई नेविसंघले चिर्नुपर्छ ।’

विश्वविद्यालयमा राजनीतिक भागबण्डाका आधारमा उपकुलपति नियुक्त हुने गरेको स्मरण गर्दै उनले योग्यता र क्षमताका आधारमा नियुक्त गर्नका लागि नेविसंघले आवाज उठाउनुपर्ने तर्क गरे । नेविसंघमा आवद्व विद्यार्थीहरूले पार्टीभित्रको गुटबन्दीमा रमाउने काम नगर्न उनको अपिल थियो ।

‘शिक्षा लिएपछि रोजगार हुनुपर्ने अवस्था ल्याउनका निम्ति अब हामीले मुद्वा बनाउनका आवश्यक छ,’ उनले भने, ‘जीवन उपयोगी शिक्षाको आवश्यक छ, शैक्षिक बेरोजगार हुने शिक्षा भन्दापनि रोजगार र सीपमूलक शिक्षा आजको आवश्यकता हो ।’

कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका संयोजक तथा जिससका राष्ट्रिय अध्यक्ष राजन मेहताले अहिलेका विद्यार्थीहरू भोलिको नेतृत्व भएको बताए । उनले स्ववियु निर्वाचनमा विद्यार्थीका भावना र मर्मको कदर गर्दै सकारात्मक काम गर्ने नेविसंघलाई स्ववियु निर्वाचनमा जिताउन आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) का सभापति सुबेक्छु देवानले अहिलेका विद्यार्थीहरूले कुनै व्यवस्था परिवर्तन गर्न नपर्ने र विचारको आन्दोलनमा अग्रसर हुनुपर्नेमा जोड दिए । स्ववियु निर्वाचनमा सुनसरीका सातवटै क्याम्पसमा नेविसंघले जित्नका लागि सचेत हुनुपर्ने उनले बताए ।

कार्यक्रममा नेविसंघ सुनसरीका पूर्व सभापति शेखर लुइँटेल, मन्दीप भट्टराई, कांग्रेस इटहरी नगर सचिव विक्रम घिमिरे, महेन्द्र बहुमुखी क्याम्पस धरानका इकाई सभापति विवेक लिम्बू लगायतले बोलेका थिए । उनीहरूले विद्यार्थी आन्दोलनको औचित्य गराउन नेविसंघलाई जिताउनुपर्ने बताएका थिए ।

‘नेविसंघमा गुट, उपगुट समाप्त भयो, अब विद्यार्थीहरूले आन्दोलन र चक्काजाम गर्न पर्दैन,’ कांग्रेस इटहरीका सचिव घिमिरेले भने ।

यही चैत ५ गते स्ववियु निर्वाचनमा सुनसरीका १० मध्ये ७ वटा क्याम्पसमा निर्वाचन हुँदैछ । जसमध्ये धरानको पिण्डेश्वर विद्यापीठ क्याम्पसमा भने विवाद भएका कारण केही समय निर्वाचन सर्न सक्ने संकेत देखिएको छ ।

नेविसंघ सुनसरीका सभापति प्रमोद भट्टराईको सभाध्यक्षमा भएको कार्यक्रममा सुनसरीका विभिन्न ठाउँबाट विद्यार्थीहरूको सहभागिता थियो ।

 

Tags: नेविसंघराजीव ढुंगानास्ववियु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता
FEATURE BREAKING

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पार्ङ प्रधानमन्त्री

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

धरान । श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा बहुमतको सरकार गठन गर्ने लक्ष्यसहित आगामी निर्वाचनमा संगठन विस्तार र जनसमर्थन बढाउने योजना...

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद
FEATURE BREAKING

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

इनरुवा : जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएको सुर्तीजन्य पदार्थ बरामद गरेको छ।...

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३
इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

भदौ २०, २०८३
इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

भदौ २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पार्ङ प्रधानमन्त्री

भदौ २१, २०८३
सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

भदौ २१, २०८३
भोको मान्छे (कविता)

भोको मान्छे (कविता)

भदौ २१, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    309 shares
    Share 124 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.