Monday, April 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

स्ववियु निर्वाचन : सुनसरीका सात क्याम्पसमा यी विद्यार्थी संगठनबीच तालमेल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २७, २०७९
in समाचार
0
स्ववियु निर्वाचनको प्रचारप्रसारमा त्रिविले लगायो यस्तो आचारसंहिता
244
SHARES
Share on FacebookShare on Twitter

इटहरी : आसन्न चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा सुनसरीका सात क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले तालमेल गर्दै चुनावी मैदानमा होमिएका छन् ।

जिल्लाका सात क्याम्पसमध्ये जनता बहुमुखी क्याम्पस इटहरीमा नेविसंघ र समाजवादी विद्यार्थी संगठनबीच तालमेल भएको छ ।

यहाँ नेविसंघबाट सहदेव काफ्ले सभापतिको उम्मेदवार बनेका छन् । यस्तै, सचिवमा भने समाजवादी विद्यार्थी संगठनका अर्जुन राई उम्मेदवार बनेका छन् । यस्तै, जनता क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच चुनावी तालमेल भएको छ ।

अनेरास्ववियुका उज्ज्वल सिग्देल सभापतिको उम्मेदवार बन्दा अखिल क्रान्तिकारीका अर्जुन पौडेल सचिवका उम्मेदवार बनेका छन् । यस्तै, सप्तकोसी बहुमुखी क्याम्पस चक्रघट्टीमा सभापति नेविसंघका मार्शल तामाङले उम्मेदवारी दर्ता गरेका छन् । उनलाई राप्रविसंघ, अनेरास्ववियु क्रान्तिकारीको साथ छ ।

यस्तै, सो क्याम्पसमा चित्रामान राईले एकल उम्मेदवारी दिएका छन् ।

यस्तै, धरानस्थित पूर्वाञ्जल इन्जिनियरिङ क्याम्पसमा नेविसंघका नवीन श्रेष्ठ सभापतिको उम्मेदवार बनेका छन् ।

यहाँ समाजवादी विद्यार्थी संगठनलाई सचिव दिनेगरी तालमेल भएको बताइएको छ । यस्तै, सो क्याम्पसमा अखिल क्रान्तिकारीका मन्दीप अधिकारी र अनेरास्ववियुका अशेष रेग्मीले एकल उम्मेदवारी दिएका छन् ।

धरानकै महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघबाट विनोद आले मगरले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् भने उनलाई अनेरास्ववियु क्रान्तिकारीको साथ छ । सो क्याम्पसमा सुनील सुब्बाले एकल उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, राप्रविसंघबाट आभाष अधिकारीले उम्मेदवारी दिएका छन् ।

यस्तै, हात्तीसार केन्द्रीय प्रविधि क्याम्पसमा अनेरास्ववियुका प्रतीक ओझा र नेविसंघका अवनिव गुरागाईँले उम्मेदवारी दिएका छन् । गुरागाईँले अखिल क्रान्तिकारीले साथ दिएको छ । अनेरास्ववियूबाट आशिष बोहोराले उम्मेदवारी दिएका छन् ।

सुनसरी बहुमुखी क्याम्पस इनरुवामा नेविसंघका देवकुमार यादवले सभापतिमा उम्मेदवारी दिएका छन् । यस्तै, सुनसरी बहुमुखी क्याम्पस इनरुवामा नन्दन गुप्ताले एकल उम्मेदवारी दिएका छन् ।

धरानको पिण्डेश्वर क्याम्पसमा भने विवादका कारण निर्वाचन अनिश्चित छ ।

Tags: #सुनसरीनिर्वाचनस्ववियु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन
समाचार

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

by टाकुरा न्यूज । इटहरी
बैशाख १३, २०८३
0

भोजपुर : अविरल वर्षाका कारण अवरुद्ध बनेको मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर–चखेवा–दिक्तेल हुँदै काठमाडौं जाने सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको...

नौ महिनामा पूर्वी नाकाबाट सात हजार ६४२ पर्यटक भित्रिए
भिजिट नेपाल

नौ महिनामा पूर्वी नाकाबाट सात हजार ६४२ पर्यटक भित्रिए

by रासस
बैशाख १३, २०८३
0

झापा : पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष...

नयाँ वर्षमा चौरी महोत्सव हुँदै

बर्सेनि बढ्छन् पर्यटक, विद्युत् र इन्टरनेट समस्याले असहज

बैशाख १३, २०८३
इटहरीमा ठूलो परिमाणको लागूऔषधसहित एक युवक पक्राउ 

इटहरीमा ठूलो परिमाणको लागूऔषधसहित एक युवक पक्राउ 

बैशाख १३, २०८३
इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 

इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 

बैशाख १२, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

सुनसरीमा ब्राउनसुगरसहित एक जना पक्राउ

बैशाख १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

बैशाख १३, २०८३
नौ महिनामा पूर्वी नाकाबाट सात हजार ६४२ पर्यटक भित्रिए

नौ महिनामा पूर्वी नाकाबाट सात हजार ६४२ पर्यटक भित्रिए

बैशाख १३, २०८३
नयाँ वर्षमा चौरी महोत्सव हुँदै

बर्सेनि बढ्छन् पर्यटक, विद्युत् र इन्टरनेट समस्याले असहज

बैशाख १३, २०८३
इटहरीमा ठूलो परिमाणको लागूऔषधसहित एक युवक पक्राउ 

इटहरीमा ठूलो परिमाणको लागूऔषधसहित एक युवक पक्राउ 

बैशाख १३, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1432 shares
    Share 573 Tweet 358
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    642 shares
    Share 257 Tweet 161
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    467 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    377 shares
    Share 151 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.