विराटनगर : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले गोरु काटेर फरार भएका दुईजनालाई पक्राउ गरेको छ ।
सुनसरी जिल्ला अदालतको मिति २०७९|०५|०९ गतेको सजाय निर्धारण फैसला आदेशले जनही २ महिना ९ दिन कैद बेरुजु रही फरार रहेका बराहक्षेत्र नगरपालिका ३ नडाहाका ५१ वर्षीय तिलक भन्ने तिलोक राई र ३६ वर्षीय नीमा शेर्पालाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई सुनसरी जिल्ला अदालतमा दाखिला गरिएकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाएको प्रहरीले जनाएको छ ।












Discussion about this post