इटहरी : त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ ।
बिहान ८ देखि ४ बजेसम्म मतदानको समय तोकिएको छ । चुनावमा विभिन्न विद्यार्थी सङ्गठनबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीका अनुसार काठमाण्डौ उपत्यकामा पाँच र बाहिर सात क्याम्पसमा भने आज चुनाव नहुने भएको छ ।
चुनावको तयारी नभएका क्याम्पसमा मुख्य गरी भर्नासँग सम्बन्धित विषयमा विवाद छ ।
आज चुनाव हुन नसकेका क्याम्पसमा केही दिनमा प्रक्रिया पुर्याएर हुनेछ । केही क्याम्पसमा यसअघि नै निर्विरोध स्ववियुको नेतृत्व चयन भइसकेको छ ।
स्ववियु चुनावमा धेरैजसो क्याम्पसमा सत्तारूढ गठबन्धनका विद्यार्थी सङ्गठनले तालमेल गरेका छन् ।












Discussion about this post