धरान : धरानस्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ र समाजवादी विद्यार्थी युनियनको तर्फबाट स्ववियु सभापतिका साझा उम्मेदवार रहेका नवीन श्रेष्ठ निर्वाचित भएका छन् ।
त्रिवि कर्मचारी संघका सभापति तथा निर्वाचनका पर्यवेक्षक हरि पाण्डेका अनुसार कूल १ हजार ८१८ मत खसेकोमध्ये ७८४ मत प्राप्त गर्दै श्रेष्ठ स्ववियु सभापतिमा निर्वाचित भएका हुन् ।
श्रेष्ठले ७९४ मत प्राप्त गर्दा अखिल क्रान्तिकारीका मन्दीप अधिकारीले ५५२ मत प्राप्त गरे । यस्तै, एमाले निकट अनेरास्ववियुको तर्फबाट उम्मेदवार बनेका अशेष रेग्मीले ३७० र राप्रविसंघका आभाष अधिकारी ९४ मत प्राप्त गरे ।
यस्तै, सचिवमा गठबन्धनतर्फ समाजवादी विद्यार्थी युनियनका राजनकुमार यादवले ६३९ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्वन्दी अनेरास्ववियुका संकल्प खतिवडा ५६१ मत प्राप्त गरे ।
यस्तै, कोषाध्यक्षमा नेविसंघका महेश्वरप्रसाद भट्टले एक हजार ४५ मत प्राप्त गर्दै निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्दी अनेरास्ववियुका दीपर्शन ढकालले ३३३ मत प्राप्त गरे ।
यस्तै, प्रत्यक्षतर्फ नेविसंघले ५ सदस्य जितेको छ भने अनेरास्वियुले २ वटा र क्रान्तिकारीले १ सदस्य जितेको पाण्डेले जानकारी दिए ।
समानुपातिकतर्फ भने नेविसंघले ६५१ मत प्राप्त गरेको छ ।
यस्तै, अनेरास्वियुले ३३५, क्रान्तिकारीले २५४, समाजवादी विद्यार्थी युनियनले २५४ र राप्रविसंघले १५६ मत प्राप्त गरेका छन् ।
यो पनि – ‘विद्यार्थीका समस्या सम्बोधनमा मैले गरेका कामले मलाई न्याय हुन्छ’ : अन्तर्वार्ता














Discussion about this post